Need Help ?
Call: +977- 024520105

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय पाँचथरमा यहाँहरुलाई स्वागत छ !!!

नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग अन्तरगत जिल्ला स्तरमा शैक्षिक सेवा प्रवाह गर्ने संगठनात्मक निकायको रुपमा जिल्ला शिक्षा कार्यालय रहेको हुन्छ । जिल्ला शिक्षा कार्यालयको मुख्य कार्य केन्द्रीय निकायहरुबाट तर्जुमा गरिएका शैक्षिक नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्नु हो । जिल्ला स्तरमा शैक्षिक योजनाहरुको निर्माण तथा कार्यान्वयन गर्ने निकाय पनि जिल्ला शिक्षा कार्यालय नै हो । जिल्ला स्तरको शैक्षिक नेतृत्व गर्ने निकाय जिल्ला शिक्षा कार्यालय नै हो ।

नेपालको सुदुर पूर्वको मेची अञ्चलको एक पहाडी जिल्ला हो पाँचथर । यो जिल्लाको पूर्वमा भारत, उत्तरमा ताप्लेजुङ्ग, पश्चिममा तेर्हथुम र दक्षिणमा इलाम जिल्ला पर्दछन् । यस जिल्लामा २ वटा निर्वाचन क्षेत्रहरु १ नगरपालिका र ३८ वटा गाविसहरु रहेका छन् । १८ वटा स्रोतकेन्द्र रहेको यस जिल्लामा ३९४ सामुदायिक र ५३ संस्थागत विद्यालयहरु रहेका छन् ।