Need Help ?
Call: +977- 024520105

जि. शि. अ.

राजकुमार विश्वकर्मा

मुलुकले शैक्षिक क्षेत्रमा ठुलो लगानी गरेको छ । तर गुणस्तरीय शिक्षाको ग्यारेण्टी हुन नसकेको गुनासाहरु प्रशस्तै उठिरहेका छन् । नेपाल सरकारले शिक्षक तालिम, विद्यालयको भौतिक संरचना, छात्रवृत्ति लगायतका विभिन्न पक्षमा लगानी गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेको छ । तर अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । सबै शैक्षिक सरोकारवालाहरु एकै ठाउंमा उभिएर काम नगरेसम्म यो नतिजा प्राप्त हुने छैन ।  अतः गुणस्तरीय शिक्षा सवै वालवालिकाको पहुंचमा पुर्याउन हामी सवै मिलेर हातेमालो गरी अघि बढ्नुको विकल्प छैन ।

शिक्षा सबैको सरोकारको विषय हो न कि जिल्ला शिक्षा कार्यालयको मात्र । त्यसैले हामी सबै सरोकारवालाहरु मिलेर शैक्षिक समस्याहरु समाधान गर्दै अघि बढे यस जिल्लाको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सकिन्छ । गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सल्लाह, सुझाब र प्रतिक्रियालाई सँधै स्वागत गर्दै यस जिल्लाको शैक्षिक सुधारको निम्ति हातेमालोको अपेक्षा गर्दछु ।